प्रतिनिधि सभा विघटन बदर गर्न माग गरिएको रिटमाथि दोस्रो दिनको बहस सुरु

डिसी नेपाल
१० असार २०७८ १२:१४

काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि दोस्रो दिनको बहस सुरु भएको छ । पहिलोपटक गरिएको विघटन बदर भइसकेपछि प्रधानमन्त्रीले पुनः दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिबाट भएको विघटनविरुद्ध परेको रिटमाथि बहस सुरु भएको हो ।

विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले रिट दायर गरेका हुन् । रिटमा प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । बुधबार सुरु भएको बहसमा रिट दायरकर्तातर्फबा पाँच कानुन व्यवसायीले मात्रै बहस गर्न पाएका थिए । त्यसपछि बहसलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

पहिलो दिन रिट दायरकर्तातर्फबा पाँच कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बद्रीबहादुर कार्की र महादेवप्रसाद यादव तथा अधिवक्ताद्वय गोविन्द बन्दी र खम्बबहादुर खातीले बहस गरेका थिए । बिहीबार बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ लगायतले बहस गर्नेछन् । बुधबारको बहसमा रिट दायरकर्तातर्फका कानुन व्यवसायीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकोले बदर गर्नुपर्ने जिकिर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *