कांग्रेसमा तेस्रो धार भनेर चिनिने सिटौला समूह के गर्दैछ ?

सम्भव सिंह ठकुरी
१० असार २०७८ १४:०४

काठमाडौं। कांग्रेस यतिबेला अधिवेशनको व्यापक तयारीमा जुटेको छ। भदौमा अधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता बोकेको कांग्रेस केही अलमलमा परेपनि चैत ४ गते केन्द्रीय समितिबाट अधिवेशनको नयाँ कार्यतालिका परित भएसँगै महाधिवेशनको सुनिश्चित बढेको छ। अधिवेशनको सरगर्मी वडादेखि केन्द्रीय तहसम्म बढ्न थालेको छ।

नेतालेहरुले आफूलाई धमाधम समापतिको उम्मेद्वार घोषणा गरेका छन् भने केही नेता उम्मेद्वारी घोषणा गर्ने क्रममा छन्। हालसम्म वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

देउवा इतरका धेरै नेताहरु आगामी महाधिवेशनमा आकांक्षी भएपनि देउवाजतिको सक्रियता देखिएको छैन। तर देउवा इतरका नेताहरु भने आन्तरिक छलफल र संवाद भइराखेको बताउँछन्। अहिले बरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफू निकट नेताहरुसंग छलफलमा जुटिरहेका छन्।

१३ औँ महाधिवेशनमा सभापति लडेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने आफू सभापति बन्न नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाएका थिए। पूस्तान्तरणको आवाज उठाउने र युवा नेताहरु गगन थापा, प्रदीप पौडेलको साथ लिएका सिटौला समूहलाई कांग्रेस भित्रको तेस्रो धारका रुपमा चिनिन्छन्।

अघिल्लो अधिवेशनमा निर्णयक शक्ति बनेको यो धार अहिले पनि निर्णायक शक्ति नै देखिन्छ। युवा नेताहरुको बाक्लो सहभागिता भएको यो समूहलाई भोलिको कांग्रेस हाक्ने शक्ति पनि भनिन्छ।

सभापति देउवाको पार्टी भित्रको आन्तरिक कार्यशैली प्रति बेलाबेलामा असन्तुष्ट बनेको यो समूह पूस्तान्तरणको लागि कस्तो गृहकार्य गर्दै छ ? देउवाले पुनः सभापतिमा लड्ने मनाशय बनाइरहँदा युवाहरुको आगामी अधिवेशनमा कस्तो भूमिका होला? प्रश्न निकै पेचिलो बन्न थालेको छ।

उपसभापति विमलेन्द्र निधि पनि पूस्तान्तरणको लागि भन्दै आगामी महाधिवेशनमा सभापतिको दौडमा छन्। सोमबार वानेश्वरको एउटा पार्टी प्यालेसमा निधि र केही युवा नेताहरुबीच पनि छलफल भएको थियो। उक्त छलफलमा निधिले सभापतिमा उठ्ने तयारी गरेको र उक्त तयारी पुस्तान्तरणको लागि राम्रो सन्देश हुने नेता गगन थापाले बताए।

१३ औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीका उमेद्वार बनेका नेता थापाका अनुसार केही साताअघि सम्म अन्यौल भएको महाधिवेशन असार ४ गते बसेको केन्द्रीय समितिले नयाँ मिति परितगरे संगै सुनिश्चिता बढेको छ।

‘केही क्रियाशिल विवाद छानविन गर्नु पर्ने पनि छ। तर, खुसद कुरा के भने सभापति शेरबहादुर देउवा पुन नेतृत्वमा आउन सकृय हुनुले महाधिवेशनको सुनिश्चित भएको छ,’ थापाले डिसी नेपालसँग भने।

सभापति देउवा लगायतका पुराना नेताहरुनै आकांक्षी देखिन थालेका छन्। अब पूस्तान्तरणको सम्भावना कस्तो छ? युवाहरुलाई कतिको चुनौती छ? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘पुरानो नेताहरुलाई हाम्रो विनम्र अनुरोध छ, स्वभाविक रुपमा नेतृत्व हस्तान्तरणको कुरामा लामो समयसम्म देश र पार्टीलाई योगदान पुर्याउनु भएको नेताहरु आफैंले विचार पुर्‍याउनु हुने छ।’

पुरानाे नेताको आकांक्षीलाई इंगित गर्र्दै थापाले भने, ‘आफू बाहेक अरुबाट पार्टी चल्दैन भन्ने मनोविज्ञान आफैंमाथिको प्रश्न हो। अग्रज नेताहरुले अरुपुस्ताको नेताहरुलाई विश्वास गरेर विश्राम लिइदिए हुन्थ्यो भन्ने हाम्रो चाहाना हो। पार्टीको जुनसुकै उमेर समूहको नेताहरुले नेतृत्वमा दावा गर्ने स्वतन्त्रता छ’, थापाले भने।

‘त्यसैले अग्रज नेताहरुलाई हाम्रो त्यो आग्रह भएपनि के गर्ने भन्ने निर्णय उहाँको हो। उहाँहरुले स्वीकार गर्नुभएन भने हामी पनि कसरी अगाडि बढ्ने भन्ने स्वतन्त्रता छ। त्यसकारण हामी कसरी बढ्ने भनेर आन्तरिक छलफलमा छौ,’ उनले भने।

पुरानो नेताहरुको आकांक्षा भएपछि युवा नेताहरु संगठित हुन सके त्यो पुस्तालाई विश्राम दिलाउन सहज हुने उनको विश्वास छ।
थापाका अनुसार कृष्णप्रसाद सिटौलाका पनि पुस्तान्तरणको पक्षमा छन्।

‘अघिल्लो महाधिवेशनमा उहाँको समूहबाट महामन्त्रीको उमेद्वार बनेकाले स्वभाविकरुपमा उहाँसँग मेरो छलफल हुन्छ। तर अहिले उहाँ उपत्यका बाहिर रहनुभएकाले उहाँ काठमाडौै आउनुभएपछि हामी कसरी बड्ने भनेर छलफल हुन्छ,’थापाले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *