नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ : देउवा

डिसी नेपाल
१० असार २०७८ १५:१८

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक अधिकार र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालत पुगेको बताएका छन्।

बिहीबार विपक्षी गठबन्धनले पत्रकारसँग गरेकाे अन्तरक्रियामा उनले आफूले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेपछि लोकतान्त्रकाे रक्षाका लागि सर्वोच्च अदालत पुगेकाे बताएका हुन्।

‘कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्’ उनले भनेका छन्।

कोरोनाविरुद्ध पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएको उनको भनाइ छ।

देउवाले भने, ‘हामी सबै मुलुकसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं, नेपालको आन्तरिक मामिलामा नेपालीले नै निर्णय गर्न पाउनुपर्छ।’ उनले नागरिक समाज, मिडिया सबैसँग आन्दोलनमा साथ खोजेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *