राष्ट्रपति भण्डारीद्वारा संविधौनिक निकायमा २० पदाधिकारी नियुक्त

डिसी नेपाल
१० असार २०७८ १६:०८

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक नियकामा २० पदाधिकारी नियुक्त गरेकी छन्। संवैधानिक परिषदले नियुक्तीका लागि सिफारिस गरेका पदाधिकारीहरुलाई विहीबार राष्ट्रपति भण्डारीले नियुक्ती गरेकी हुन्।

संवैधानिक परिषद्ले वैशाखको २६ गते नियुक्तका लागि सिफारिस गरेको थियो। संवैधानिक निकायमा पदाधिकारी नियुक्तीका लागि संवैधानिक परिषदले सिफारिस गरेपछि संसदीय विशेष सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्न संवैधानिक व्यवस्था छ। तर, जेठ ७ मा सरकारले प्रतिनिधिसभा विघटन गरेकाले उनीहरुको संसदीय सुनुवाई नै भएन। यो विषयमा सर्वोच्च अदालतमा रिट दायर भए पनि सुनुवाई भने भएको छैन।

संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनसम्म संसदीय सुनुवाई समितिले सुनुवाई गरिसक्नुपर्ने र सो समय अवधिमा सुनुवाई नभए अनुमोदन मानिने संवैधानिक व्यवस्थाअनुसार परिषदले सिफारिस गरेको ४५ दिन पुगेपछि उनीहरुलाई नियुक्त गरिएको हो।

नियुक्त पदाधिकारीहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

हरि पौडेल, आयुक्त

सुमित्रा श्रेष्ठ, आयुक्त

लोकसेवा आयोग

माधवप्रसाद रेग्मी, अध्यक्ष

माधव बेल्बासे, सदस्य

वीरबहादुर राई, सदस्य

दिनेश सिलवाल, सदस्य

मञ्जुकुमारी, सदस्य

निर्वाचन आयोग

सगुनशम्शेर जबरा, सदस्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

विपिनराज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग

जया घिमिरे, सदस्य

सावित्राकुमारी शर्मा, सदस्य

सुन्दर पुर्कोटी, सदस्य

राष्ट्रिय समावेशी आयोग

रामकृष्ण तिमल्सेना, अध्यक्ष

पुष्पराज तिमिल्सिना, सदस्य

मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग

सुर्यबहादुर गुरुङ, सदस्य

मधेसी आयोग

आभाकुमारी, सदस्य

थारु आयोग

उमाशंकर प्रसाद चौधरी, सदस्य

शान्ति मोदी, सदस्य

मुस्लिम आयोग

मोहम्मद समशुल हक, सदस्य




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *