बाढीले पुल बगाएपछि चामेमा सेनाले बनायो काठेपुल (तस्वीरहरु)
काठमाडौं। मनाङको चामेमा बाढीले पुल बगाएको स्थानमा नेपाली सेनाले काठेपुल बनाएको छ। सेनाले अविरल वर्षाको कारण बाढी तथा पहिरोले मनाङ जिल्लाको चामे गाउँपालिका ३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलाको पुल बगाएको स्थानमा नेपाली सेनाले नेपाल प्रहरीसँगको सहकार्यमा काठे पुल निर्माण गरेको हो। सेनाले पुल बनेपछि स्थानीय बासिन्दाहरुलाई आवतजावत गर्न सहज भएको जनाएको छ।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment