मकवानपुरका सबै पालिकाको बजेट सार्वजनिक
वाग्मती । मकवानपुरको दश वटै पालीकाहरुले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जसमध्ये मकवानपुर जिल्लामा सबैभन्दा बढी बजेट हेटौँडा उपमहानगरपालीकाले रु दुई अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ र कम इन्द्रसरोबर गाउँपालिकाले रु ३८ करोड ४१ लाख बरावरको बजेट सार्वजनिक गरेको हो।
यसैगरी थाहा नगरपालिकाले आगामी वर्षको लागि रु ९५ करोड ६४ लाख ३२ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ।
मकवानपुरको मनहरि गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८३ करोड ६७ लाख ४६ हजार बराबरको बजेट सार्वजनिक गरेको हो। भीमफेदी गाउँपालिकालेरु ६५ करोड ४१ लख९९ हजारको बजेट ल्याएको छ।
वाग्मती गाउँपालिकाले रु ५३ करोड ६६ लाख ९३ हजार बजेट सार्वजनिक गरेको छ। यसै बीच कैलाश गाउँपालिकाले रु ४५ करोड ९६ लाख, मकवानपुरगढी गाउँपालिकाले रु ६२ करोड राक्सिराङ गाउँपालिकाले रु ५४ करोड ७३ लाख २० हजारको बजेट ल्याएको छ। जिल्लाको पूर्वी क्षेत्रको बकैयाँ गाउँपालिकाले आगामी आर्थिक वर्षको लािग ६२ करोड ८३ लाख७८ हजारको बजेट ल्याएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment