चितुवाको छालासहित २ जना पक्राउ
सांकेतिक तस्वीर-
काठमाडौं। प्रहरीले चितुवाको छालासहित स्वयम्भूबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चितुवाको छालासहित सिन्धुलीका दुई जनालाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार मरिन गाउँपालिका –३ घर भई हाल स्वयम्भू बस्ने ३२ वर्षीय सुशीलकुमार वाईबा र घ्याङखेल गाउँपालिका–१ घर भई हाल स्वयम्भू नै बस्ने ३४ वर्षीय कान्छाराम वाइबालाई १ थान चितुवाको छालासहित पक्राउ गरेको हो।
महाशाखाका सूचनाअधिकृत कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले चितुवाको छाला ६ लाख रुपैयाँमा बिक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको एसपी कोइरालाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment