प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज निवेदक पक्षको बहस सकिँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनकाविरुद्धको रिटमा आज पनि सुनुवाई जारी रहने छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि सुरुमा १२ घण्टा समय दिइएको थियो। शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेटबाँकी रहेको छ। आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ।
विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ। आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुने बताइएको छ।
संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको थियो। शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment