हेलम्बुका बाढी प्रभावितलाई एक लाख सहयोग

डिसी नेपाल
१३ असार २०७८ १८:०६
52
Shares

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा सुजन दुलाल र बिमलबहादुर बिसीले जम्मा गरेहेलम्बुका बाढी प्रभावितलाई एक लाख सहयोगको समितिका संयोजक मन्दीप क्षेत्रीले जानकारी दिए ।

यही असार १ को बाढीले प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *