विनियोजन विधेयकमाथिको छलफल समाप्त

डिसी नेपाल
१३ असार २०७८ २१:१९
24
Shares

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफल आज समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) वमोजिम विनियोजन विधेयकमा दुई दिन छलफल भएको थियो ।

छलफलमा प्रदेशसभा सदस्यहरु कुलप्रसाद साँवा, कुसुमकुमारी श्रेष्ठ, झलकबहादुर मगर, रामकुमार राई, उत्तमकुमार बस्नेत, जयराम यादव, नारायणबहादुर मगर, प्रतपप्रकाश हाङ्गाम, विजयकुमार विश्वास, विमल कार्की, विष्णु तुम्बाहाम्फे, मोहनकुमार खड्का, लीला सुब्बा र सरिता थापाले भाग लिएका थिए । उनीहरुले विकासमा नतीजा आउने किसिमको काम नभएको, सबै क्षेत्र, भूगोललाई नसमेटेको, विगतका योजनाहरु काटिएको टिप्पणी गरे ।

भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले छलफलमा उठेका प्रश्नहरुको जवाफमा साधन, स्रोतको सीमितताको कारण मन्त्रालयको ४० प्रतिशत बजेट कम भएको जानकारी दिँदै बहुवर्षीय ६२ वटा योजनामा दुई वटा सम्पन्न भएको, ५० वटा निर्माणाधीन रहको र अन्यको काम आगाडि बढाइएको जानकारी दिए । प्रदेशसभाको अर्को बैठक भोलि सोमबार मध्यान्ह १२ः३० बस्ने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *