माधव नेपाल लाजशरम पचेको मान्छे : प्रधानमन्त्री ओली

डिसी नेपाल
१४ असार २०७८ १३:५३
248
Shares

काठमाडौं। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एमालेबाट निष्काशित नेता माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्। एमाले अध्यक्ष ओलीले नेपाललाई लाजशरम पचेको तथा कांग्रेसको पछि कुद्ने भन्दै आक्रोश व्यक्त गरेका हुन्।

सोमबार मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफ्नो सरकार ढाल्ने र कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए।

ओलीले भने, ‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन्। नेपालको राजनीतिमा सबैले चिन्लान्। यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन्। आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे।’

ओलीले आफूले नेपाललाई प्रधानमन्त्रीको अफर गरेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन्। उनले माधव नेपाललाई प्रधानमन्त्रीको अफर गर्न आफूलाई बहुला कुकुरले नटोकेकोसमेत बताए।

उनले  भने, ‘‘तपाईंहरूले दुई/तीन दिन अघिदेखि सुन्नुभयो होला। मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे। म यो मान्दिनँ अरे। मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु। देशलाई धोका दिन्छु। जनतालाई धोका दिन्छु। तर, देउवालाई धोका दिन सक्दिनँ। यसो भनिरहेका छन्।’

केही दिनअगाडि नेता नेपालले ओलीले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको र आफूले अस्वीकार गरेको बताएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *