लागुऔषधसहित ३ जना पक्राउ

डिसी नेपाल
१४ असार २०७८ २१:४९

काठमाडौं। झापाको भद्रपुर नगरपालिका २ देउनियाँस्थित सीमा ईलाकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको भद्रपुर नगरपालिका ८ बस्ने १८ वर्षिय मुकेश थापा, १८ वर्षिय राम यादव र सोही नगरपालिका ४ बस्ने १८ बर्षिय प्रकाश भुजेल छन्। उनीहरु आइतबार पक्राउ परेका हुन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा एफरक्स कफ सिरप ९ बोतल, नाईट्रोजन ट्याब्लेट ४ पत्ता र स्पास्मो प्रोक्सिभन प्लस २ बोतल फेला पारेको हो। पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका ६ मेचीडाँडास्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करीव १५ ग्राम २ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका ४ स्थायी घर भई झापा जिल्लाको विर्तामोड नगरपालिका ९ बस्ने ३० वर्षीय निरोज खड्का छन्।

उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश मेचीडाँडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको ब्राउन सुगर फेला परेको हो। लागुऔषधसहित ३ जना पक्राउ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *