वर्किङ भिसामा युरोप पठाइदिने भन्दै एक करोडबढी ठगी गर्ने पक्राउ

डिसी नेपाल
१७ असार २०७८ १०:५५

काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिसामा यूरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब १ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् ।

रेग्मीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिसामा इटाली पठाइदिने प्रलोभनमा पारी जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिएका थिए । र, उनीहरूलाई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई फरार रहेका रेग्मीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *