एमाले केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाल समूह अनुपस्थित

डिसी नेपाल
१८ असार २०७८ १२:४८
544
Shares

काठमाडौ। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन। बैठकमा पार्टीका उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन्।

पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन्। १६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ।

नेपाल पक्षले २०७५ जेठ २ का कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *