देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन

डिसी नेपाल
१८ असार २०७८ १४:१५
984
Shares

काठमाडौं ।नेकपा एमालेले आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएकाे छ।

बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन दिएका हुन्।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि नेपानल समूहका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए। उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका थिए।

माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन्। यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *