माओवादी त्यागेर एमाले बनेपछि पदमुक्त भएका ४ जना जनप्रतिनिधिलाई पुनःबहाली गर्न सर्वोच्चको आदेश

डिसी नेपाल
१८ असार २०७८ १६:५६
3.7k
Shares

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित भए पनि एमाले प्रवेश गरेपछि पदमुक्त भएका ४ जना जनप्रतिनिधिलाई पुनःबहाली गर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई पुनःबहाली गर्न आदेश दिएको हो।

माओवादी केन्द्रको कारबाहीपछि निर्वाचन आयोगले पदमुक्त गरेका उपप्रमुख देवकोटा, गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका ४ का वडाध्यक्ष पुरन बीसीलाई पुनःबहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *