कलंकीमा निशान र ड्याटसनको नयाँ शोरुम

डिसी नेपाल
१८ असार २०७८ १९:४१
52
Shares

काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गरेको हो। यो बाहेक निशान र ड्याट्सनको शोरुम महाराजगञ्ज र बालकुमारीमा छ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार कलंकीको नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ । साथै उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने छ।

अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको ‘बिग. बोल्ड. ब्युटिफुल.’ म्यागनाइट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *