प्रधानमन्त्री ओली र नेपालबीच टेलिफोन वार्ता

डिसी नेपाल
१९ असार २०७८ १५:०८
308
Shares

काठमाडौं । लामो मनमुटाव पश्चात प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच दोश्रो पटक टेलिफोन वार्ता भएको छ। यसअघि बिहीबार राति टेलिफोनमा कुराकानी भएको थियो।

एमाले विवाद मिलाउन दोश्रो तहका नेताहरुबीच भेटवार्ता जारी छ। नेता घनश्याम भुसाल नेपाल निवास कोटेश्वरमा पुगेर प्रधानमन्त्रीसँग कुराकानी गराएको ओली निकट श्रोतले बताएको छ। भुषाल बाहेकका दोश्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा पार्टी एकताका लागि वार्तामा जुटिरहेको उनले बताए।

अध्यक्ष ओलीले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी १८ असारमा केन्द्रीय कमिटी बैठक राखेका थिए। उक्त बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदहरुले हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको चेतावनीयुक्त डेडलाइन दिएका हुन्। तर, माधव नेपाल पक्ष उक्त केन्द्रीय कमिटिको बैठकलाई अवैधानिक भन्दै सहभागी भएका थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *