माधव नेपालको योजना : प्रचण्डसँग पार्टी एकता, देउवासँग चुनावी तालमेल
फाइल फाेटाे।
काठमाडौं। एमालेले काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता सोमबारसम्मको अल्टिमेटम दिएपछि वरिष्ठ नेता माधव नेपाल शनिबार हस्ताक्षर गर्ने सांसदसँग छलफल गरे। उक्त छलफलले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ। पार्टीले सोमबारसम्म हस्ताक्षर फिर्ता नलिए पार्टीबाट बाहिरिएसरह हुने चेतावनी दिएको छ।
एमाले केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधव नेपाल पक्षलाई एमाले रोज्ने कि विपक्षी गठबन्धन रोज्ने भन्दै सोमबारसम्मको अल्टिमेटम दिएको हो।
दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै सरकारविरुद्ध विपक्षीसँग गठबन्धन गर्ने नेपाल समूहको कार्य अनैतिक भएको ठहर गर्दै आइतबार साँझसम्म उनीहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू स्वतहः एमालेबाट बाहिरिएको पुष्टि हुने निष्कर्ष निकालेको छ।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको एमालेको केन्द्रीय कमिटी बैठक अब प्रतिनिधि सभा विघठन सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्नेगरी सकिएको छ।
तर माधव नेपाल समूहले भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नदिने निर्णय गरेको छ। त्यसो त प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन सम्वाद पनि भएको छ। शनिबार दिउँसो अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद भएको थियो।
ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन। दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको बताइएको छ। ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए।
माधव नेपाल समूहले हस्ताक्षर फिर्ता लिन तयार नभएपछि संस्थापन पक्षले भन अब माधव नेपाल एमालेमा फर्किन तयार नभएको निष्कर्ष निकालेको छ। नेपाल समूहले उठाएका सबै माग पूरा गरेपनि नेपालले एमाले विभाजन गने कसम खाएको निष्कर्ष निकाल्दै संस्थापन पक्षले माधव नेपाल बाहेकका अन्य नेतालाई भने पार्टीमा आउने सहज वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
‘उहाँले (नेपाल) एमालेमा नफर्किने कसम खानु भएका छ,’ अध्यक्ष ओली निटक सोतले डिसी नेपालसँग भन्यो, ‘अहिलेसम्म उहाँलाई पार्टीमा फर्काउन गरिएका प्रयासमा उहाँ सकारात्मक हुन भएन। उहाँको मनशाय नै फरक रहेको पाएका छौं।’
संस्थापन पक्षले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गर्ने, सो पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण गर्ने र आगामी चुनावमा नेपाली कांग्रेसँग
तालमेल गरेर चुनावमा जाने रणनीति लिएको निष्कर्ष निकालेको छ। ‘उहाँहरुको योजना प्रचण्डजीसँग पार्टी एकता गर्ने अनि शेरबहादुरजीले उहाँलाई १५ सिटसम्म तालमेल गरेर जिताइदिन्छु भन्ने आश्वासन दिनु भएको रहेछ,’ ओली निकट एक नेताले भने, ‘अब हुने चुनावपछिको संसद त्रिशंकु हुन्छ, त्यस्तो बेलामा १५ सिट जित्ने शक्ति निर्णायक हुने र केन्द्रीय राजनीतिमा सक्रिय हुन पाइने उहाँको योजना हो।’
जति प्रयास गरेपनि माधव नेपाल एमाले फकिँदैनन् भन्ने निष्कर्षलाई शनिबार ओली र नेपालबीच भएको टेलिफोन संवादले पनि पुष्टि गरेको संस्थापन पक्षको बुझाइ छ। ‘पार्टीलाई एकीकृत बनाइ राख्न अध्यक्षले हरसम्भव प्रयास गर्नु भयो। दोस्रो तहका नेताहरु अहिलेपनि सक्रिय हुनहुन्छ,’ एक नेताले भने, ‘तर उहाँले भनेका सबै माग पूरा हुँदा पनि उहाँ एमालेमा फर्किन तयार हुनुहुन्न।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment