हयोल्मो हेल्पिङ् हेण्डस र युथ फाउण्डेसनद्वारा हेलम्बु बाढी पीडितलाई शौचालय निर्माण

फुर्पा शेर्पा
२० असार २०७८ ९:४१

काठमाडौं। हयोल्मो हेल्पिङ् हेण्डस र युथ फाउण्डेसन नेपालले बाढीका कारण घरविहीन भई टहरामा बस्दै आएका गणेशबगर र मुक्तिटारका ५९ परिवारलाई शौचालय निर्माण र राहत वितरण गरेको छ।

हयोल्मो हेल्पिङ् हयान्ड्स् र युथ फाउण्डेसनले ५९ परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै ३ दिन लगाएर २ ओटा स्थानहरुमा शौचालय निर्माण गरिदिएको हो। हयोल्मो हेल्पिङ्को टिमले पहिलो लकडाउनदेखि कोरोना माहामारीका कारण प्रभावित भएका व्यक्तिहरुलाई सकेको सहयोग गर्दै आइरहेको छ।

हयोल्मो हेण्डस र युथ फाउण्डेसनले ५९ बाढीपीडितको परिवारलाई प्रति परिवार चार प्याकेट स्यानिटेरि प्याड, लुगा धुने साबुन, डिटोल साबुन, पकवान साबुन, टूथपेस्ट्, टूथब्रश, जीवनजल, सेनिटाइजर, एक बक्स मास्क, वाटरगाड, थाल, कुकर, कराइ, गिलास, कम्बल, डस्ना, बकेट र २ ओटा अन्डर्ग र्मन्ट् वितरण गरेको छ।

हयोल्मोका अध्यक्ष जिग्मे लामा (हयाल्मो)ले कोरोना महामारीले व्यापार व्यवसाय ठप्प भएकाले कामबिहीन भएका र बाढीले घरविहीन बनाएकालाई केही राहत होस् भनेर दाताको सहयोगमा शौचालय निर्माण र राहत वितरण गरेको बताए। साथै, हेलम्बु–२ को गणेशबागरमा ४ ओटा र चिउरीखर्का स्थानीयहरुलाई ३ ओटा गरि ७ ओटा शौचालय निर्माण गरेको उनले बताए ।

उनले बाढीपीडितको आवश्कतालाई मध्यनजर गर्दै स्वास्थ्यको कुरामा अभाव भएको महुुसस गरि शौचालय निर्माण र राहत वितरण गरेको बताए। उनले भने, ‘अस्थाई टेन्टमा बसिरहेका परिवारको अपिल अनुरुप शौचालयको अत्यावश्यक खाँचो महसुस गर्दै ७ ओटा शौचालय निर्माण गरेका छौं। उहाँहरुको स्वास्थ र सरसफाईलाई ध्यानमा राख्र्दै हामीले सो अनुसार सेवा कार्य थालनी गरेका हौं।’

विषश गरि स्वास्थ्यको क्षेत्रमा ध्यान दिई बाढीपीडित परिवारलाई सहयोग गरेका बताउँदै लामाले भने, ‘हेलम्बुमा बाढी आएदेखि हामीले सकेको सहयोग गर्दै आएका छौ, विशेषत मेरै क्षेत्र हेलम्बु भएकाले पनि मेरो पनि जिम्मेवारी रहन्छ भनेर मैले आफ्नो दायित्व पूरा गरिराखेको हुँ।’

उनले आफ्नै जिल्लावासीलाई सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताए। उनले यसअघि पनि पहिलो पटक चनोटी र ज्ञायदुममा सहयोग गर्न पुगेको बताए। लामाले हाल्देमा पनि खाद्यान्नलगायत सहयोग गरेको जानकारी गराए।

लामाले भने, ‘विशेष गरी हेलम्बु तल्लो भेगका बासिन्दा उक्त क्षतिबाट बढि प्रभावित भएका छन् भने सो क्षतिले हेलम्बु गा.पा.–१ को माथिल्लो भेगसम्म व्यवस्थित बाटोघाटोको पहुँच नभएको हुँदा, त्यहाँका समुदायलाई पनि उत्तिकै असर परेको महसुस गर्दै हामीले केही महिनासम्म पर्याप्त हुने गरी खाद्यान्न राहत सामग्री वितरण गरेका छौं।’

माथिल्लो भेगका जम्मा ११ गाउँमा आवश्यक १ सय २५ जनालाई खाद्यान्न राहत वितरण गरेको बताएका लामाले उक्त सहयोग दातृ संस्था सिन्दु यूएसे वेल्र्फे सोअसाइटीको मूख्य सहयोग र मेटा होप एण्ड च्यालन्ज् तथा अन्य दाताहरु मार्फत जुटेको सहयोगले बाढीपीडितलाई सहयोग गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *