कांग्रेसका पूर्व जिल्ला सभापति थापाको कोरोनाबाट निधन

डिसी नेपाल
२१ असार २०७८ ११:४२
620
Shares

दैलेख । नेपाली कांग्रेस दैलेखका पूर्व जिल्ला सभापति जगतजंग थापाको कोरोना संक्रमणबाट निधन भएको छ।

पूर्व सभापति थापाको सोमबार विहान ३ बजे दैलेख अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

दैलेखको राजनीतिमा सालिन छवि बनाएका थापा राजनीतिमा स्थापित नेता हुन्। पञ्च्यायत कालमा नेपाल युवक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा देशमा बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

२०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका उनी आन्तरिक द्वन्दका कारण २०५६ मा नै अपदस्थ हुनुपरेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *