भेरोसेलको दोश्रो मात्रा लगाउन सर्वसाधारणको लाइन (फोटोफिटर)
काठमाडौं । कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रोमात्रा मंगलबार (आज)देखि लगाउन सुरु गरिएको छ। काठमाडौंलगायत देशका विभिन्न केन्द्रहरुबाट पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई दोश्रोमात्रा लगाउन थालिएको हो।
भेरोसेलको दोश्रो मात्रा लगाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मेडिकल कलेज र शंखरापुर अस्पतालमा विहानैदेखि मानिसहरु हातमा पहिलो मात्रा लगाएको कार्ड र परिचयपत्र खुल्ने कार्डसहित लाईनमा बस्दै आएका छन्।
काठमाडौंको नयाँ वानेश्वर स्थित कर्मचारी अस्पतालमा पनि सर्वसाधारणको लामो लाइल लागेको देख्न पाइन्छ। सरकारले चीनबाट ल्याएको भेरोसेलको दोश्रो मात्रा लगाउन थालेको हो।
सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । मन्त्रालयका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार छन् ।












No ads found for this position


Facebook Comment