सवारीसाधनमा जरिवाना नलिइने

डिसी नेपाल
२२ असार २०७८ १६:४६
92
Shares

जनकपुरधाम । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना सङ्क्रमणको वृद्धिले लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकिएका अवस्थालाई दृष्टिगत गरी मन्त्रिपरिषद्वारा सो निर्णय गरिएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले निषेधाज्ञाले गर्दा सवारीसाधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको स्पष्ट गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *