नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

डिसी नेपाल
२३ असार २०७८ १६:३७
92
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा बुधबार उजुरी परेको छ। नेकपा माओवादी केन्द्रका पूर्व नेताहरुले निर्वाचन आयोग पुगेर बुधबार उजुरी दिएका हुन्।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, लेखरज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र गौरिशंकर चौधरी, प्रभु साहलगायतका नेताहरुका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादी केन्द्रको महाधिवेशन नभएको भन्दै दर्ता खारेजीको निवेदन दिएका छन्।

२०६९ साल यता पार्टीको महाधिवेशन नगरिएको निवेदनमा दावी छ। २०७३ साउन १३ मा पार्टी एकीकरणका नाममा माओवादी केन्द्रले झुक्याएकोसमेत निवेदनमा दावी गरिएको छ। मोहन वैद्यले नेतृत्व गरेको माओवादी क्रान्तिकारीबाट रामबहादुर थापा बादललगायत माओवादीमा मिसिएका थिए। त्यसपछि तत्कालिन एकीकृत माओवादीको नाम माओवादी केन्द्र राखिएको थियो।

नेकपाबाट चुनाव लडेर विजयी भएका यी नेताहरु एमाले प्रवेश गरेपछि उनीहरु पदमुक्त भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *