ओली र नेपालबीच मेरियट होटलमा वार्ता हुँदै
फाइल तस्वीर
काठमाडौं। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता हुने भएको छ। अब केही समयपछि होटल मेरियटमा वार्ता हुन लागेको हो। वार्ताका लागि वरिष्ठ नेता नेपाल होटल पुगिसेका छन्। उता प्रधानमन्त्री ओली पनि होटल पुग्ने क्रममा रहेका छन्।
विवाद समाधानका लागि गठन गरिएको १० सदस्यीय सँयुक्त कार्यदलको बुधबार दिउँसोको बैठकले बुधार दिनभर आन्तरिक छलफल गरेर दुई नेताहरुबीच वार्ता गराउने निर्णय गरेको थियो। सोही निर्णयपछि ओली र नेपालबीच वार्ता हुन लागेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment