आगामी तीन दिन भारी वर्षाकाे संभावना, सतर्क रहन आग्रह

डिसी नेपाल
२४ असार २०७८ ६:३४
620
Shares

काठमाडौं । आगामी तीन दिन भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित बुलेटिनमार्फत महाशाखाले सुदूरपश्चिम र कर्णाली बाहेकका प्रदेशमा आगामी तीन दिन भारी वर्षा हुनसक्ने भन्दै सजग रहन आग्रह समेत गरेको छ।

महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।प्रदेश १ बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ। त्यसैले उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा बताइएको छ।

बुलेटीनमा आउने २४ घण्टाका लागि अनुमान गर्दै भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।’

देशभर मनसुनी वायुको प्रभाव रहेको र देशभर सामान्यदेखि पुर्ण बदली रहेको पनि पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *