चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै

डिसी नेपाल
२६ असार २०७८ १८:३३
3.2k
Shares

फुङ्लिङ । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गर्दथ्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ ।

ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हुँदै आएको छ । कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा निर्भर हुँदै गएको छ ।

चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । दुई वर्ष अगाडि प्रत्येक पसलमा पाइने चीनका खाद्य तथा लत्ताकपडालगायतका आवश्यक सामग्री अहिले पाइँदैन । कोभिडको कारण दुई वर्षदेखि ओलाङचुङ्गोला क्षेत्रका टिप्ताला नाका बन्द हुँदा चीनबाट सामग्री निर्यातमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको स्थानीय व्यापारी बङ्ग्या शेर्पाले बताए।

ओलाङचुङ्गोलामा भोटे समुदायको ५३ घर परिवार बसोवास गर्दै आएको छ भने १० घर याङमा गाउँमा बसोवास गरेको छ । यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइने गरेकामा अहिले नभएको स्थानीयवासी नुपु शेर्पाले बताए । चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुने गर्थो ।

गोला हुँदै ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो । व्यापारीहरु गोला पुगेर चिनीयाँ सामान लिएर जाने गरेको शेर्पाले बताए । कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनीयाँ सामग्री अभाव भएको स्थानीय बासिन्दाको भनाइ छ ।

नाका बन्द भएपछि चीनबाट आवश्यक सामग्री आयात नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको याङ्मा गाउँका ठावा शेर्पाले बताए । नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पुर्‍याउन निकै खर्च लाग्ने उनले बताए । चीनबाट टिप्ताला नाका हँुदै आलाङचुङगोलामा सामग्री ल्याउँदा सस्तो पर्ने उनको भनाइ छ ।
रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *