काँग्रेस अधिवेशनः झापामा रौनक छाएन

डिसी नेपाल
२७ असार २०७८ १६:२६
116
Shares

काठमाडौं। काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजानिक भएसँगै केन्द्रको नेतृत्वमात्र होइन जिल्लाको नेतृत्वको पनि कसरत बढेको छ।

विभिन्न जिल्लाहरुमा अधिवेशनको सरगर्मी बढेको छ। तर झापामा भने अघिल्लो अधिवेशन झै रौनक बढेको छैन।

‘लगभग ३५ हजारको हारहारीमा क्रियाशील सदस्य रहेको झापामा अधिवेशनको रौनक कम हुनुको प्रमुख कारण क्रियाशील छानबिन विवाद् अहिले सम्म अन्त्य नहुनै हो’, कांग्रेस झापा सभापति उद्धव थापाले भने।

असार २० गते भित्र सबै विवाद् छानबिन गरेर सभापतिलाई बुझाउने केन्द्रीय समितिको निर्णय भए पनि हालसम्म विवाद समाधान नहुनुले अन्यौल भएको थापाले बताए।

उनले झापामा क्रियाशील सदस्यको कुनै पनि विवाद् छैन। तर केन्द्रको छानविन समितिले ढिला गरेकाले अझै पनि सुनिश्चित नभएको तर्क गरे।

‘छानबिन समितिले असार मसान्तसम्म सबै छानबिन गर्ने जनाएको छ। तर सबै समाधान नभएसम्म ढुक्क हुने स्थिति छैन’, उनले भने।

कांग्रेसको वर्षौ देखिको कृयाशील विवाद् यो अधिवेशनमा पनि अछुत रहन सकेको छैन। सभापति थापा २ कार्यकाल लगातार सभापतिको नेतृत्वमा आएको हुनाले विधान अनुसार फेरि दोहोरिने सम्भावना नभएकाले केन्द्रीय सदस्यको लागि नेताकार्यकर्ता संग छलफलमा जुटेको बताए।

झापामा अहिले नेतृत्वका लागि नेता राम कट्टेल, पूर्वउपसभापति देउमान थेवे, जिल्ला प्रवक्ता लोकराज ढकाल, भागीरथ पोद्धार लगाएतका नेता आकांक्षीमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *