गण्डकीमा मार्शल लगाएर बजेट पारित, एमाले सांसदले टेबुल फाले
काठमाडौं। गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बुधबार पारित भएको छ। एमालेको विरोधका बाबजुद बजेट पारित गरिएको हो। प्रदेशसभामा एमालेले विभिन्न १० बुँदे माग पूरा नभएसम्म बजेट पारित गर्न नदिने भन्दै अवरोध गर्दै आएकोमा बुधबार भने मार्शल लगाएर बजेट पारित गरिएको हो।
बजेट पारितको प्रक्रिया शुरु भएपछि एमालेका सांसदहरुले होहल्ला गर्नुका साथै टेबुलसमेत उचालेर फालेका थिए। एमाले सांसद रामशरण बस्नेतले सभाको टेबुल उचालेर फालेका थिए। उनी प्रदेशका पूर्वमन्त्रीसमेत हुन्।
बजेट पारित भएपछि सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment