अन्तरक्षेत्रीय व्यापार वृद्धिमा नेपालको जोड
काठमाडौं । नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएका वास्तविकता औँल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ ।
‘मध्य तथा दक्षिण एशियाः क्षेत्रीय सम्पर्क, चुनौती तथा अवसर’ विषयमा उज्बेकिस्तानको राजधानी तासकेन्टमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनको प्रारम्भिकसत्रलाई आज सम्बोधन गर्दै परराष्ट्र सचिव भरतराज पौड्यालले दक्षिण तथा मध्य एशियाबीच पारस्परिक सहयोगका अथाह सम्भावना रहेका बताए ।
उनले मानव सभ्यताको प्रारम्भदेखि नै दुवै क्षेत्रबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै कोभिड–१९ र जलवायु परिवर्तनका कारण थपिएका चुनौतीका सामना गर्न दुवै क्षेत्रबीच सहकार्य अपरिहार्य भएकामा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment