२०२० मा जन्मिएकी बालिका जे देखे पनि सेनिटाइजर ठान्छिन् (भिडियोसहित)

डिसी नेपाल
३ साउन २०७८ १२:४३

काठमाडौं। कोरोना महामारी सुरु भएपछि पछिल्लो २ वर्षमा मानिसमा नयाँ बानीको विकास भएको छ । त्यो हो पटक पटक सेनिटाइजरले हात सफा गरिरहनु । संक्रमणबाट बच्नको लागि यो जरुरी पनि छ । डाक्टर पनि नियमित अन्तरालमा हात सफा गर्ने र सेनिटाइजर प्रयोग गर्ने कुरामा जोड दिन्छन् । सपिङ मल, रेस्टुरेन्ट, कार्यालयदेखि घरमा समेत सबैभन्दा पहिले सेनिटाइजर पाइन्छ ।

सेनिटाइजरको अत्याधिक प्रयोग भइरहेको बेला २०२० मा जन्मिएकी एक बालिका आफ्नो आसपासका मानिसहरुले पटक पटक सेनिटाइजर प्रयोग गरिरहेको देख्दै हुर्किइन् । जन्मिनेबित्तिकै देखिरहेको यो कुरा अहिले ती बालिकाको लागि पनि बानी भयो । अब ती बालिका हरेक चीजलाई सेनिटाइजर नै ठान्छिन् । जे चीज देखे पनि उनी पहिले त्यसको अगाडि हात राख्छिन् । त्यसपछि आफ्ना दुबै हातलाई एक आपसमा रगड्न थाल्छिन् ।

अहिले सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा यी बालिका ल्याम्प पोस्टदेखि विद्युतीय सर्किटसम्म सबै कुरालाई सेनिटाइजर ठान्छिन् र त्यसको अगाडि हात राख्छिन् । यो भिडियो मानिसहरुले रमाइलो मानेर हेरिरहेका छन् तर अर्कोतर्फ यसले आजको वास्तविकता पनि बोलेको छ । भिडियोलाई कैयौं मिलियन पटक हेरिएको छ र हजारौंले यो भिडियोमा प्रतिक्रिया दिएका छन् । भिडियो बेबीग्राम डट टीआर नामको इन्स्टाग्राम ह्याण्डलमा पोस्ट गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *