विमानको सिटमा बसेर गणितको प्रश्न हल गर्दा विमानस्थलमा हंगामा, उडानमा २ घण्टा ढिलाइ

डिसी नेपाल
३ साउन २०७८ १३:१५

काठमाडौं। लामो दूरीको यात्रा गर्ने क्रममा मानिसहरुका लागि समय काट्ने फरक फरक तरिका हुन्छन् । कोही संगीत सुन्छन्, कोही फिल्म हेर्छन्, कोही किताब पढ्छन् । यस्तै एक जना अर्थशास्त्रीले भने विमानको सिटमा बसेर गणितको एक प्रश्न हल गर्न थाले । तर, यसका कारण विमानस्थलमा यस्तो हंगामा भयो कि विमान २ घण्टा ढिलो मात्र उड्न सक्यो । यो घटना युनिभर्सिटी अफ पेन्सलभेनियाका एसोसिएट प्रोफेसर गुइडो मेन्जिओसँग भएको हो ।

मिररको रिपोर्टअनुसार प्रोफेरि एयर विस्कन्सिनको उडानमा अमेरिकाको फिलाडेल्फियाबाट न्यूयोर्क जाँदै थिए । उनले क्याटडाको ओन्टारियोमा क्विन्स युनिभर्सिटीमा स्पिच दिनुपर्ने थियो । तर, उडानमा एक महिला यात्रू कुरै नबुझी डराएपछि पूरै उडान ढिलो भयो । अमेरिकन एयरलाइन्सका प्रवक्ता केसी नर्टनले बजफिड न्यूजलाई बताएअनुसार मेन्जिओ आफ्नो सिटमा बसेर गणितको कुनै समीहरण हल गर्दै थिए । यो एक महिलालाई संदिग्ध लाग्यो त्यसपछि उनले गएर क्रु सदस्यसँग यसबारे बताइन् ।

विमान उड्नुभन्दा ठिक पहिले विमानभित्र सुरक्षाकर्मी आए । उनीहरुले मेन्जिओलाई विमानबाट ओर्लिन भने । खासमा मेन्जिओले जुन गणितको समीकरण हल गरिरहेका थिए त्यो देखेर महिलालाई यो कुनै आतंकवादीको कोड जस्तो लाग्यो । मेन्जिओले सुरक्षाकर्मीलाई आफूले के गरिरहेका थिए भन्ने बारेमा बताए । सोधपुछ र सुरक्षाको यो क्रममा विमान २ घण्टाभन्दा धेरै ढिलो भइसकेको थियो । सामाजिक संजाल रेडिट प्रयोगकर्ताहरुले यो घटनालाई लिएर प्रतिक्रियामा भनेका छन् ‘यो अल जेब्रा हो अल कायदा होइन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *