ओली संसदमा अनुपस्थित
काठमाडौं। दोस्रो पटक विघटन भएर पनि पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित रहे। ओलीले नै दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए। तर, सर्वोच्च अदालतले गत असार २८ फैसला गर्दै प्रतिनिधिसभालाई पुनःस्थापित गरेपछि आइतबार संसदको अधिवेशन शुरु भएको छ।
अधिवेशन शुरु भएपछि आइतबार दुई वटा बैठक बसेका छन्। दुबै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओली अनुपस्थित भएका हुन्। आइतबार प्रतिनिधिसभाको पहिलो बैठकमा अघिल्लो सरकारले ल्याएका १५ वटा अध्यादेश प्रस्तुत भए।
दोस्रो बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरेका छन्। देउवाले प्रस्ताव पेश गरेपछि अहिले सो प्रस्तावमाथि छलफल भइरहेको छ। एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओली अनुपस्थित भएपछि छलफलमा एमालेका तर्फबाट प्रदीप ज्ञवालीले सम्बोधन गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment