साउन महिना र यसको महत्व

डिसी नेपाल
४ साउन २०७८ ७:५५

साउन महिना जताततै हरियालीले भरिने समय हो। वास्तवमा साउन महिना विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने महिना हो। विशेष गरी हिन्दू नारीले साउन महिनाको महत्व समाजमा झल्काउँदै आएका छन्।

सोमबार शिवजीको व्रत बस्नुपर्छ भन्ने चलन विगतदेखि नै थियो तर साउनको सोमबार व्रत बस्नुपर्छ भन्ने चलन केही वर्ष पहिलादेखि मात्र चलेको हिन्दू महिलाहरू बताउँछन्। साउन महिनामा शिवजीको व्रत बस्ने हरिया र पहेँला कपडा लगाउने गर्छन हाम्रा चलीहरू।

दिनभरि भोकै बसेर धर्म हुन्छ, भन्ने कुरा एक गलत मानसिकता हो। मानव सेवा गर्नु र उनीहरूको पिरमर्का र आपत्बिपत्मा सहयोग गर्नु ठूलो कुरा हो। भोकै बसेर धर्म हुन्छ भन्ने कुरा एक गलत बुझाइ हो। तर, हिन्दू भएपछि आफ्नो मान्दै आएको सबै सनातन् धर्मलाई पालना गरेर अघि बढ्नु नै पर्छ। ललितपुरका केही जनप्रतिनिधि महिलाहरू भने, आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ।

तर, फेसनको रूपमा प्रयोग गर्ने गरेका वस्त्र र श्रृंगारको साधनलाई भने धर्मको नाम दिएर अघि बढाउनु राम्रो होइन। साउनको महिमाबारे कुनै ज्ञानबिना अघि बढेका हिन्दू नारीले अर्काको भरमा हरिया र पहेँला वस्तुको प्रयोग गर्नु भनेको व्यापारीलाई मौलाउने अवसर प्रदान गर्नु हो भनी, आआफ्ना विचारहरू यसरी अभिव्यक्त गरेका छन्। साउन महिना, नारीहरुका हातभरि चुरा र मेहेन्दी अनी बिवाहित महिलाको गलामा हरीयो पोते नेपाली समाजमा पर्यायवाची शब्द जस्तै बनेका छन्।

साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसन देख्न पाइन्छ। हातभरी हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वार पनि रहिआएको छ।

चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम ज्याेतिषशास्त्र अनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ।

एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बनेको छ। साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको रौनक यस्तो देखिएको छ। साउन महिन सुरु भए सगै यस महिनमा पर्ने सोमवारको पनि त्यहितकै महत्व रहेके छ। साउन शिवजीसँग जोडिएको महिना हो।

साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ। साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ। विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ। यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन्। भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्- मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन्।

हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ। श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन्। चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन्। जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन्। साथै सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ।

साउने सोमबार

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ।

यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन् कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ।

यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।

यसपटक साउनको पहिलो सोमवार साउन ४ गते परेको छ। यस हिसाबले साउन महिना, नारीहरुका हातभरि चुरा र मेहेन्दी अनी बिवाहित महिलाको गलामा हरीयो पोते नेपाली समाजमा पर्यायवाची शब्द जस्तै बनेका छन्।

साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसन देख्न पाइन्छ। हातभरी हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वार पनि रहिआएको छ।

साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको रौनक यस्तो देखिएको छ। साउन महिन सुरु भए सगै यस महिनमा पर्ने सोमवारको पनि त्यहितकै महत्व रहेके छ। साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ।

साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ। पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ। यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन्। भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन् मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन्।

हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ। श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन्। चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम ज्याेतिषशास्त्र अनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ।

अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ। यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ। पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ। सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ।

यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ। दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ। व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ।

शिव

शिव वैदिक देवता हुन्। शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ। वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ।

शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रकाे विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ।

साउनमा रुद्री

नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो। विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्रीभिषेक गराइन्छ। रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ।

धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुद्रलाई प्रसन्न पार्छन्। रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *