काठमाडौंमा जोन्सन एण्ड जोन्सन खोप लगाउनेहरुको भीड

फुर्पा शेर्पा
४ साउन २०७८ १५:११
1.1k
Shares

काठमाडौं। अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबारदेखि लगाउन सुरु गरिएको छ। खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए।

खोपलाई कोरोना विरुद्धको एउटै निर्विकल्प अस्त्र भएकोले खोप केन्द्रमा मानिसहरुको भिड देखिएको छ।

एक मात्रा मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने गरी सरकारले खोप कार्यक्रम घोषणा गरेको छ।


त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइने मन्त्रालयले जनाएको छ।

उक्त खोपको प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार अत्तरखेलस्थित अर्थोपेडिक अस्पताल कार्यक्रमको शुभारम्भ गरेका थिए।

अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप गत साता काठमाडौं आइपुगेको थियो। यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन मिल्ने छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाइसकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *