सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं। बाढी पहिरोले क्षति गरेको सिन्धुपाल्चोक र मनाङलाई विपद संकट क्षेत्र घोषणा गरिएको छ। सरकारले ती क्षेत्रमा राहत, उद्धार र पुनःनिर्माणलाई तिब्रता दिन संकट क्षेत्र घोषणा गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्र बहादुृर कार्कीले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङलाई असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको जानकारी दिए।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीले ठूलो जनधनको क्षति गरेको थियो। मेलम्ची बजारमै इन्द्रवाती र मेलम्ची नदी पसेपछि ठूलो क्षति भएको थियो। त्यहाँ २७५ घर परिवार विस्थापित भएका थिए। यस्तै हेलम्बुमा पनि ब्यापक क्षति भएको थियो। उता मनाङमा पनि बाढी र पहिरोले व्यापाक क्षति गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment