अन्जु भइन् मिसेस मंगोल नेपाल २०२१ को बिजेता

डिसी नेपाल
६ साउन २०७८ २३:०५

काठमाडौ । अमेजन इन्टरटेन्मेन्टले मिसेस मंगोल नेपाल २०२१ को सातौ संस्करण ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट बिजेता छनौट गरेका छन् । वर्तमान समयमा कोभिड–१९को महामारीको प्रतिकुल समयमा स्टेजका कार्यक्रमहरु सुस्ताइरहेको अवस्थामा इभेन्टको क्षेत्रमा नयाँ प्रयोग रुचाउने अमेजन इन्टरटेन्मेन्टले कार्यक्रमको यो नौलो शैली अपनाएको हो ।

केही दिन अगाडी सम्पन्न भएको फाइनलमा मिसेस मंगोल नेपाल २०२१ को ताज बौद्ध निवासि अन्जु शेर्पाले आफ्नो शिरमा पार्न सफल भइन् । निर्णायक मण्डलका प्रमुख निर्णायक डा. रेखा थापाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै अन्जुले उपाधी जितेकी हुन् ।

त्यस्तै क्रमश हिरा शेर्पा फस्ट रनरअप, निशा थापा मगर सेकेन्ड रनरअप, सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भए । बिजेता अन्जुसँगै सबैलाई शिरमा ताज पहिराइएको थियो ।

१५ प्रतियोगीहरु मध्ये विभिन्न चरणबाट छनौट हुदै टप ५लाई मात्र फाइनल स्टेजमा प्रस्तुत गरिएको थियो । हिमानी सुब्बाको कोरियोग्राफी रहेको यस कार्यक्रम काष्टमण्डप टिभीबाट प्रसारण भएको छ ।

यस प्रतियोगीताको फाइनलमा निर्णायकको भुमिकामा डा. रेखा थापा, मिसेस हिमालियन नेपाल माया लामा, ब्युटिसियन नेपाल हेमा पुन मगर र मिसेस आइकन नेपाल सोनिया ज्याखो रहेका थिए । कार्यक्रमलाई अभिनेता दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *