१८ वर्ष माथिका नागरिकलाई पनि लगाउन थालियो जोन्सन एण्ड जोन्सन खोप
काठमाडौं। अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप १८ वर्षमाथिका नागरिकहरुलाई लगाउन थालिएको छ।
यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई सोमबारदेखि लगाउन शुरु गरिएको थियो। तर, दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिका नागरिलाई पनि दिइने भएको हो।

जोन्सन एण्ड जोन्सन खोप १८ वर्षदेखि माथिका मानिसहरुलाई लगाउन थालिए पछि विभिन्न खोप केन्द्रमा खोप लगाउनेको लामो लाइन लागेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित श्री सहयोगी मा.वि गोकर्णेश्वर नगरपालिका वडा नं ४ र श्री चामुण्डा मा.वि गोकर्णेश्वर नगरपालिका वडा.नं ६ नारायणटारमा पनि बिहानैदेखि मानिसहरु हातमा परिचयपत्र खुल्ने कार्डसहित लाईनमा बसेका छन।






No ads found for this position


Facebook Comment