अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

डिसी नेपाल
११ साउन २०७८ ९:४७
1.7k
Shares

वासिंटन डिसी। सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन्।

एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा सो कम्पनीकी म्यानेजिङ्ग डाइरेन्टर क्याथरिन ब्राण्ड भन्छिन्– ‘प्रविधिका क्षेत्रमा विध्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउन सक्ने भिजन सहित काम गरिरहेका स्टार्ट अप कम्पनीहरुलाई हामी सहयोग गर्छाैं। र सगुन एउटा प्रविधिको क्षेत्रमा ‘डिस्रप्सन’को सम्भावना बोकेर काम गरिरहेको कम्पनी हो भन्ने ठहर गरी रणनीतिक साझेदारी गरेको छौं।’

एक्जेम्प्लर कम्पनीसँगको साझेदारीका विषयमा थप प्रष्ट पार्न गरिएको अनुरोधमा सगुनका संस्थापक गोविन्द गिरी भन्छन्, ‘भारतमा अनुसन्धान र प्रोडक्ट डिभलेपमेन्ट तथा नेपालमा प्रयोगकर्ता र व्यवशाय बृद्धिका लागि टिम तयार गरी शुरुका दिनदेखि सगुनले काम गरिरहेको छ।

अमेरिकामा टिम तयार गर्ने पूर्व योजना अन्तर्गत सगुनलाई अन्तराष्ट्रिय बजारमा सहज प्रतिष्पर्धा गर्नसक्ने स्तरको प्राविधिक विकास तथा कर्पोरेट तहको व्यवस्थापनमा उच्च गुणस्तरीय योगदान गर्न सक्ने अमेरिकन कम्पनी एक्जेम्प्लरसँग साझेदारी गरिएको हो।’

यसै सम्वन्धमा थप प्रष्ट पार्दै संस्थापक गिरी भन्छन्, ‘एक्जेम्प्लर कम्पनीसँगको साझेदारी सगुनको एउटा रणनीतिक विस्तार हो जसबाट सगुनले कानूनी सेवा, व्यवस्थापन, तेश्रो पक्षीय साझेदारी लगायत पूँजी बृद्धिका क्षेत्रहरुमा अन्तराष्ट्रिय स्तरको सहयोग प्राप्त गर्नेछ। यसर्थ एक्जेम्प्लर कम्पनीसँगको साझेदारीलाई सगुनले आफ्नो विस्तारित टिमको रुपमा लिएको छ।’

एक्जेम्प्लर कम्पनीको वेबसाइटमा उपलब्ध जानकारी ( https://exemplarcompanies.com) अनुसार सगुनसँग सम्वन्धित यस कम्पनीका टिम मेम्बरहरु क्रिप्टो करेन्सी, सामाजिक सञ्जाल, इकमर्स लगायतका क्षेत्रहरुमा १५ देखि २५ वर्षसम्मको अनुभव प्राप्त गरेका छन् जसले हार्भड युनिभर्सिटी, एल ए युनिभर्सिटी, थन्डरबर्ड युनिभर्सिटी लगायत अमेरिकाका उच्चस्तरका विश्वविद्यालयहरुबाट उच्च तहको अध्ययन पूरा गरेका छन्।

यी टिम मेम्बरहरुसँग, सगुन जस्तै कम्पनीहरुका लागि १.६ बिलियन अमेरिकी डलरसम्मको पूजीँ सङकलन गरेको अनुभव छ। साथै एक्जेम्प्लर कम्पनीका कार्यालयहरु सिलिकन भ्याली, न्युयोर्क, बोस्टन लगायत अमेरिकाका १० वटा मुख्य शहरहरुमा रहेका छन्। एक्जेम्प्लर एलएलसीले जारी गरेको प्रेस विज्ञप्तीमा आधारित समाचार पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोला :

https://finance.yahoo.com/news/social-commerce-platform-sagoon-engages-110000305.html


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *