आज साउन १२ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१२ साउन २०७८ ६:०८
1.1k
Shares

आज वि.सं.२०७८ साल साउन १२ गते, मंगलबार । सन् २०२१ जुलाइ २७ तारिख । नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष । चतुर्थी तिथी । चन्द्रमा कन्या राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ। हिंड्डुलमा सास्ती बढी हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ। मानसिक चिन्ता बढ्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि पशु धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ। व्यापारमा फाइदा मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ। मान सम्मानको सम्भावना रहनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ। सामाजिक कार्यमा व्यस्त भइनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ। काममा बाधा आउनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) साझेदारी काम अघि बढ्नेछ। प्रेममा सम्वन्ध सुधारिनेछ। व्यवसायिक यात्रा सफल हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शत्रुबाधा एवं झमेला कम हुुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो ऋण कम हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  सन्ततिबाट प्रगति धनको सुख मिल्नेछ । शिक्षामा प्रगति हुनेछ। व्यापारमा फाइदा मिल्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मित्रतामा दरार आउनेछ। हिड्डुलबाट समस्या आउनेछ। घरायसी विवाद हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाजुभाइको साथ मिल्नेछ ।साथीसँग छोटो यात्रा हुनेछ। पारिवारिक जिम्मेवारी थपिनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक धनको जोहो बढ्नेछ। वोलीले साथ दिनेछ। आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *