उद्घाटनको पर्खाइमा कमल पोखरी

फुर्पा शेर्पा
१२ साउन २०७८ १३:१४

काठमाडौं। यतिबेला निर्माणधिन कमल पोखरी सफा पारिएको छ। पोखरीमा जम्मा भएको पानीभित्रको लेउलगायतका झारहरु सफा गरिएकाले अब भने कमल पोखरी उद्घाटनको पर्खाइमा रहेको छ।

कमल पोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले उक्त पोखरी आज (मंगलबार) का दिनसम्म गरेर १० पटक सफा गरेको बताए। पोखरीको संरक्षणबारे चिन्ता व्यक्त गर्दै उनले भने,‘आजका दिनसम्म हामीले मात्रै सफा गरेका छौं। अबका दिनमा महानगरपालिकाले हेरिदिए हुन्थ्यो।’

उनका अनुसार कमल पोखरीको उद्घाटन महानगरपालिकाले आगामि भदौं महिनामा गर्ने भएको छ। पोखरीको उद्घाटनपछि भने पोखरीमा घुम्न, हेर्न आउने आन्तरिक पर्यटकको घुईँचो लाग्ने गर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *