चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न मुख्यमन्त्री शाहीको निर्देशन

डिसी नेपाल
१२ साउन २०७८ १८:४४
32
Shares

 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न प्रमुख सचिव र विषयगत मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार आयोजना गरिएको कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ महामारीको प्रतिकुल अवस्थाका बावजुद पनि कुल बजेटको ६५.५२ प्रतिशत बजेट खर्च भएको छ, यो खर्चप्रगति आर्थिक वर्ष २०७६/७७ को तुलनामा ३३.३३ प्रतिशतले बढी रहेको छ ।

समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारिता एवं बजेट कार्यान्वयनको प्रगति क्रमश बृद्धी हुदै गएको भन्दै सरकारका सबै निकायमा क्रियाशील राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व एवं समग्र राष्ट्रसेवक कर्मचारीलाइ धन्यवाद व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *