प्रदेश नं १ मा १,१८० मा सङ्क्रमण

डिसी नेपाल
१३ साउन २०७८ २१:२७

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १८० जनामा सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार १२४ जनाको पिसिआर परीक्षण गर्दा ६७८ र एक हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा झापामा २६६, मोरङमा १८८ मध्ये विराटनगरमा ४१, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा पाँचः इलाममा चार, भोजपुरमा तीन, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका १९ जना रहेका छन् । प्रदेशमा उक्त अवधिमा २०२ जना सङ्क्रमणमुक्त भएकामध्ये ७८ महिला र १२४ पुरुष रहेका छन् । यसैगरी सोही अवधिमा प्रदेश नौ जनाको मृत्यु भएकामध्ये चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *