आज साउन १५ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल – Dcnepal

आज साउन १५ गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७८ साल साउन १५ गते, शुक्रबार । सन् २०२१ जुलाइ ३० तारिख । नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष । सप्तमी तिथी । चन्द्रमा कुम्भ राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काममा व्यर्थ परिश्रम हुनेछ। धनको कारोबार घट्नेछ। स्वास्थ्यमा खर्च हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्मकर्ममा संलग्नता हुनेछ। शंकाले बाधा ल्याउनेछ। कृषि काममा फाइदा हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिक लाभ मिल्नेछ। उच्च व्यक्तिको साथ पाइनेछ। रोजगारीमा लाभ हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारमा सामान्य आम्दामी हुनेछ। इच्छाएको काम पुरा हुनेछ। नाताको सहयोगले काम बन्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आलोचनाको भय हुनेछ। सरकारीपक्षबाट झमेला हुनेछ। क्षमतामा प्रश्न उठ्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सामाजिक काममा व्यस्तता हुनेछ। भाग्यले साथ दिनेछ। काममा प्रशंमा मिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धनको फाइदा अरुलाइ जानेछ। प्रतिष्पर्धा बढी हुनेछ। मित्रतामा वाधा आउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरीमा दौडधुप बढी हुनेछ। प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले फाइदा मिल्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवारमा विवाद हुनेछ। मित्रबाट धोका मिल्नेछ। कृषि काम अधुरो रहनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्तबाट धनको सहयोग बढ्नेछ। अधुरा काम पुरा हुनेछ। स्वास्थ्यमा वाधा आउनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिमा जिम्मेवारी थपिनेछ। उत्साहले काम बन्नेछ। पारिवारिक छोटो यात्रा हुनेछ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो