माधव नेपाल जस्ता देशद्रोहीलाई कुनै ठाउँ छैन : ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई देशद्रोही भन्दै पार्टीमा कुनै पनि स्थान नभएको बताएका छन्।
पार्टीको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै माधव नेपाल आन्दोलन विरोधी र देशद्रोही भएको आरोप लगाएका हुन ।
पार्टी अध्यक्ष ओलीले भने, ‘बाटो विराएका साथिहरु मुख्यमुख्य अपराधि भए । वामपन्थी सरकार ढाल्ने, दक्षीणपन्थी सरकारलाई मेरो विश्वास छ भन्ने माधव नेपालजस्ता आन्दोलन विरोधी र देशद्रोहीलाई कुनै ठाउँ छैन।’
‘आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा बाहिर बस्ने, दक्षिणपन्थीको सरकार बनाउँदा इज्जत छोडेर, फ्लोर क्रस गरेर विश्वासको मत दिने’ ओलीले भने, ‘लगभग दुई तिहाइको स्थितिलाई बहुमतमा पुर्याए। प्रतिक्रियावादीहरूसँग मिलेर एमाले सरकार ढाले । एमाले सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर संविधानको रक्षा गर्यौं भनेका छन्।’
एमालेको सरकार ढलेपछि सुशासन र अग्रगमनको सपनामा धक्का लागेको ओलीको भनाइ छ। उनले भने, ‘पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो, दक्षिणपन्थीको सरकार बन्यो, सुशासन र अग्रमणको सपनामा धक्का लाग्यो।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment