तुइन प्रकरणको सत्य तथ्य छानवीन गर्न माओवादीकाे माग
काठमाडौं। नेकपा माओवादीले दार्चुला प्रकरणको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ। आइतबार बसेको स्थायी कमिटि बैठकले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको सत्य तथ्य छानविन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले डिसी नेपाललाई जानकारी दिए।
दार्चुला सदरमुकाम खलङ्गा आउने क्रममा गत शुक्रबार महाकाली नदीमा खसेका धामीको अवस्था अझै अज्ञात छ। तुइनबाट आउँदै गरेका उनको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अमानवीय ढंगले तुइन काट्दा धामी बेपत्ता भएको स्थानीयको भनाई छ।
छानवीनका लागि गृह मन्त्रालयले छानवीन समिति गठन गरे पनि सत्य तथ्य खुलेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment