कर्णाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु, तीनजना बेपत्ता

डिसी नेपाल
१७ साउन २०७८ १६:४०
72
Shares

काठमाडौं। कैलालीस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ।

कैलालीको मोहन्याल गाउँपालिका– ३ का १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। छन्। डुंगा दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि लैजानेक्रममा बाटोमै मृत्यु भएको हो। उनका एक महिनाका शिशु घाइते भएका छन्।

मोहन्याल–३ का २० वर्षीया उर्मिला सलामी मगर, उर्मिलाको १० दिनको शिशु र सोही गाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन्। डुंगामा १० जना सवार थिए। ती मध्ये ५ जनाको शकुशल उद्धार गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *