पर्यटन व्यवसायीलाई यथाशक्य खोप उपलब्ध हुन्छ : राज्यमन्त्री श्रेष्ठ

डिसी नेपाल
१९ साउन २०७८ १८:२८

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई यथाशक्य खोप उपलब्ध गराउने बताएका छन् । होटल सङ्घ नेपाल(हान)का अध्यक्ष सिर्जना राणासहितको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले सो आश्वासन दिएका हुन् ।

हानले आज जारी गरेको विज्ञप्तिमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विश्वका कतिपय मुलुकका नागरिक नेपाल आउन तत्पर रहेकाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीलाई खोप उपलब्ध गराउन माग गरिएको छ ।

अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट आन्तरिक पर्यटन विस्तारै चलायमान हुन थालेकाले यस क्षेत्रमा संलग्न पर्यटन व्यवसायीतथा श्रमिकलाई खोप उपलब्ध गराउन आग्रह गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *