उपसभापति निधि र राजदूत डिप्रेजबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गरेकी छन्। उपसभापति निधिको निवास नयाँ बानेश्वरमा आज भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूका तर्फबाट आवश्यक सहयोग गर्ने बताएकी थिइन् ।
उनले प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा आफूहरूले सहयोग गर्ने बताएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । सो अवसरमा उनले बैकल्पिक ऊर्जा, जलवायु परिवर्तन, लैङ्गिक समानतालगायत क्षेत्रमा इयूले गर्न चाहेको सहयोगबारे पनि उपसभापति निधिसँग छलफल गरेकी थिइन् । भेटमा उपसभापति निधिले नेपालको विकासमा इयूले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै थप सहयोग गर्न राखेको रुचिका लागि धन्यवाद दिएका थिए । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment