आज साउन २० गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नेहाेस् राशिफल

डिसी नेपाल
२० साउन २०७८ ६:१८
736
Shares

आज वि.सं.२०७८ साल साउन २० गते, बुधबार । सन् २०२१ अगस्त ४ तारिख। नेपाल संवत् ११४१ । दक्षिणायन। वर्षा ऋतु । साउन कृष्ण पक्ष। एकादशी तिथी । चन्द्रमा वृष राशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः१२ र सूर्यास्त बेलुकी ७:२ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नयाँ काममा बाधा हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साथीभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ। प्रेममा सुख मिल्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ। पुरानो विवाद सल्टिनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तानले धनको सुख दिनेछन्। कला संगीत अध्ययनमा प्रगति हुनेछ। धन दौलतको कारोवार बढ्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइसँग छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ। माया प्रेममा तनाव आउनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) जिम्मेवारीमा व्यस्तता बढ्न्छ। अरुको काम गर्नुपर्नेछ। दाजुभाइमा सहकार्य हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रेममा प्रशन्न्नता बढ्ने । प्रियबाट धनको सहयोग मिल्नेछ। रमाइलो खानपिनमा खर्च हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक जिम्मेवारी थपिनेछ । पारिवारिक चिन्ता हुनेछ। काम बीचैमा रोकिनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दामीले पुरानो गर्जो टर्नेछ। सवारी सुख मिल्नेछ। कृषि कर्मबाट धनार्जन हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ। मान सम्मानको लोभ जाग्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ। विदेशवाट सहयोग मिल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *